माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
धनगढीका नवजात शिशु तथा बाल रोग विशेषज्ञ ३८ वर्षीय डा. मोहन साउँदको हप्ताका अधिकांश रातहरू अनिदो बित्छन् । चिकित्साकीय पेशामा उनको दक्षता र सहजै उपलब्धताले कहिलेकाहीँ मध्यरातिमा पनि उनको फोनको घण्टी बज्छ र उनी कर्म गर्न तम्तयार हुन्छन् ।
उनी भन्छन् ‘मेरो नियमित ड्युटी बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुन्छ तर म जो सुकैको सहज पहुँचमा हुने हुँदा मध्यरातिमा पनि मानवीय धर्म निर्वाह गर्छुु ।’
उनी धनगढीस्थित माया मेट्रो अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् । अस्पतालको व्यवस्थापकीय जिम्मेवारी र उनको पेशाप्रतिको लगावले सिंगो अस्पताल नै बाल रोग उपचार हबको रूपमा परिणत हुँदै गएको छ ।
धनगढीमा बाल रोग उपचार हुने अस्पताल र चिकित्सक नभएका होइनन् तर स्थापनाको छोटो अवधिमै धनगढीकै मुख्य उपचारको केन्द्र तथा रेफरल अस्पतालको रूपमा अस्पतालले ख्याति कमाउन थालेको छ । अस्पताल २०७५ भदौ १५ गतेदेखि सञ्चालनमा आएको हो ।
उनी दाबी गर्छन्, ‘३ वर्ष अगाडिसम्म सुदूरपश्चिमका नागरिकहरू आफ्ना बालबालिकाको उपचारको लागि भारत वा नेपालगञ्ज, काठमाडौं जानुपथ्र्यो तर अब करीब ६०–७० प्रतिशतलाई यहाँ सेवा दिइरहेका छौं ।’
जहाँ सेवाको प्रभावकारिता, त्यहाँ सेवाग्राही पुग्नु आमप्रवृत्ति हो । दैनिक हजारौं सेवाग्राहीले भरिभराउ हुने अस्पतालमा ६० प्रतिशत सेवाग्राही बालबालिका नै रहने गरेको डा. साउँद बताउँछन् ।
दैनिक ७० भन्दा बढी नवजात तथा बालबालिकाको माझमा रहँदै आएका उनी भन्छन्, ‘हामी सकेसम्म सहज, सुलभ सेवा दिनमा तत्पर र प्रतिबद्ध छौं । मेरो हरपल भविष्यका सुन्दर मुनाहरूसँग नै बित्छ ।’
एसएलसीदेखि एमडीसम्म छात्रवृत्ति
स्व. बुवा केवलसिंह साउँद र आमा धर्मादेवी साउँदको कोखबाट अछामको दुर्गम बस्तीमा जन्मिएका डा. साउँदको परिवार २०४३ सालमा तराई (कैलाली) झरेको थियो तर जीविकोपार्जनका लागि उनका बुवा भारत पसे ।
पहाडको अभावै–अभावको जीवनबाट आजित उनको परिवार कैलालीको साविक साँढेपानी गाविसको बरछुरियामा बसाइ सर्यो । उनको प्रारम्भिक शिक्षा अध्ययन राष्ट्रिय माध्यमिक विद्यालय तारानगरबाट भयो ।
पढाइमा निकै अब्बल उनले २०५५ सालमा टीकापुरको खडक मेमोरियल बोडिङ स्कूलबाट पहिलो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे ।
बुवाको त्यो सपना
अभिभावक ‘कालो अक्षर भैंसी बराबर’ भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने चेत भने थियो । फलतः उनी उच्च शिक्षाको लागि काठमाडौं गए । काठमाडौंको युनाइटेड एकेडेमीबाट उनले प्लस टु पहिलो श्रेणीमा उत्तीर्ण गरे । पछि बुवाको सपनालाई साकार पार्न उनी एमबीबीएको तयारीमा लागे ।
उनी भन्छन्, ‘बुवा भारतको नागपुरको एक छाला रोग विशेषज्ञ डा. मेहताको क्लिनिकमा सुरक्षाको काम गर्नुहुन्थ्यो । २८ वर्ष त्यही काम गर्नुभयो । डा. मेहताबाट प्रभावित हुनुभएका बुवाको चाहना छोरा डा. बनोस् भन्ने थियो । उहाँको चाहना र मेरो रुचिका कारण एमबीबीएसको तयारीमा जुटे ।’
एमबीबीएस अध्ययनको लागि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेका उनी काठमाडौं मेडिकल कलेजबाट २०६४/२०६५ सालमा पहिलो श्रेणीमा उत्तीर्ण भए । लगत्तै उनले सरकारको छात्रवृत्ति परिचालन कार्यक्रम अनुसार २०६५ देखि २०६८ सम्म सेती अञ्चल अस्पतालमा काम गरे ।
त्यतिबेला नै आफूले एउटा अस्पताल स्थापनाको भिजन बनाएको उनी सुनाउँछन् । विकासको दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिम, नागरिकले सहजै भरपर्दो उपचार नपाउने बाध्यता । बाल मृत्युदर पनि उच्च । भारतमा लुटिने, ठगिने विवशतालाई अन्त्य गर्न अस्पताल स्थापनाको भिजन बनाएको उनी बताउँछन् ।
एमबीबीएससम्मको पढाइबाट अतृप्त उनी सेती अञ्चल अस्पतालमा काम गर्दाताका नै पुनः अध्ययनको लागि काठमाडौं गए । एमडी (बाल रोग) अध्ययनको लागि आर्थिक अवस्था कमजोर भएका उनले छात्रवृत्तिको तयारी थाले तर डेढ वर्षसम्म नाम निकाल्न नसकेको र त्यसै वर्ष पितृशोकको सामना गर्नुपरेको डा. साउँद सुनाउँछन् ।
माया मेट्रोको जन्म
डेढ वर्षपछि छात्रवृत्तिमा अध्ययनका लागि नाम निकालेका उनले धरानको बीपी कोइराला प्रतिष्ठानबाट पनि पहिलो श्रेणीमै बालरोग विधामा एमडी गरे । त्यसपछि पुनः धनगढी फर्किए उनी ।
उनी अगाडि थप्छन्, ‘केही आफन्त, भाइहरू मिलेर माया मेट्राको अवधारणा ल्यायौं । धरानबाट केही अग्रज र केही सहकर्मीलाई बोलाए । १४–१५ जनाको ग्रूप ल्याए । त्यसपछि १ वर्षमा अस्पताल निर्माणको काम गरे ।’
अस्पताल निर्माणको शुरूआती दिन सम्झिँदै उनले अगागि भने, ‘निकै चुनौती थियो । बैकिङ सहायताले काम गर्यौं । पहिलो वर्ष सामान्य ओपीडी मात्रै चलायौं । दोस्रो वर्ष आईसीयू/एनआईसीयू सेवा विस्तार गर्यौं । तेस्रो वर्षमा सिटी स्क्यान सेवा थप्यौं ।’
हाल माया मेट्रो अस्पतालले अत्याधुनिक प्रविधि तथा उपकरणसहित आधारभूत सबै चिकित्सकीय सेवा दिइरहेको छ । सेवा मात्रै होइन, रोजगारी सिर्जना गरेको छ । हाल अस्पतालले १५० जनालाई रोजगारी पनि दिन सफल भएको छ ।
लामो सास फर्दै उनी भन्छन्, ‘पढाइ राम्रो भएकाले मैले एसएलसीदेखि एमडीसम्म छात्रवृत्तिमा पढे । खर्च गर्नुपरेन । नत्र यहाँसम्मको पढाइका लागि करोडौं खर्च हुन्छ । मेहनतले पढियो भने शिक्षा सुलभ पनि छ, नत्र खर्चिलो पनि उत्तिकै छ । परिश्रमसँगै व्यक्तिको सफलता पनि पछिपछि आउँछ ।’
निरन्तर सेवा थप
माया मेट्रो अस्पतालको हालसम्मको लगानी ४० करोड रुपैयाँ पुगेको छ । १६ वर्षसम्मको लागि १० कट्ठा जग्गा भाडामा लिई सञ्चालित छ । छोटो समयमा व्यावसायिक सफलता पनि हासिल गरेका उनले अस्पतालले धनगढीको राजपुरमा आफ्नै १ विघा जमिन पनि जोर्न सफल भएका छन् ।
हालै अक्सिजन प्लान्ट समेत जडान गरेको अस्पताल थप सेवा विस्तारमा जुटेको छ । डा. साउँदले अस्पतालको सेवाबारे उल्लेख गर्दै भने, ‘आधुनिक बाल वार्डलाई थप विस्तारको तयारीमा छौ । विशेषगरी बच्चाहरूकै लागि हाल अस्पतालका भवनसँग जोडिएको अर्को भवन भाडामा लिइ काम थालेका छौ ।’
आईसीयू/पीआईसीयू, न्यूरो क्रिटिकल वार्डहरू, आधुनिक प्रकारको क्याबीनहरु, फिजियो थेरापी सेवा, टेण्टल सेवा र एमआरई सेवा तिहारलगत्तै शुरू गर्ने योजना अस्पतालको छ ।
मेडिसिन डिपार्टमेन्ट, स्त्री रोग तथा प्रसूति सेवा, नाक, कान, घाँटी सेवा, जनरल सर्जरी, न्यूरो सर्जरी, प्याथोलोजी विशेषज्ञ सेवा, डेण्डल सेवा, हाडजोर्नी सेवासहित २४सैं घण्टा आकस्मिक सेवा पनि अस्पतालले दिँदै आएको छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...