
काठमाडौं, १५ पुस–सञ्चारमाध्यममा क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा ‘इन्गेजमेन्ट’ बारे आएका समाचारहरुलाई लिएर विराटले मुख खोलेका छन् ।
भारतीय टेस्ट क्रिकेट टीमका कप्तान कोहलीले आफू र भारतीय चलचित्रकी अभिनेत्री अनुष्का शर्माको ‘इन्गेजमेन्ट’ नभएको बताए ।
कोहलीले शुक्रबार ट्वीट गर्दै आफूहरुले ‘इन्गेजमेन्ट’ नगरेको र गरेपनि लुकिछिपि नगर्ने बताएका छन् ।
उनले समाचारहरुका कारण फ्यानहरुमा दुविधा परेको भन्दै समाचारमा आएजस्तो केही नभएको बताएका हुन् ।
भारतीय मिडियामा केही दिनयता उत्तराखण्डमा छुट्टि मनाउन गएका कोहली र अनुष्काले नयाँ सालको अघिल्लो दिन ‘इन्गेजमेन्ट’ गर्ने तयारी गरेको बताएका थिए ।