
दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर सार्वजनिक गरेको छ ।
यस घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १०% देखी रु. ३०० सम्मको क्यास ब्याक सुविधा पाउन सक्नेछन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।