१५ असार २०८३, सोमबार

डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी

डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । जसमा सांसद डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । 

डोबाटेलाई अपरान्ह ५ बजे शपथ गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

यसअघिको मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर, अन्तिममा उनको नाम काटिएपछि दलित भएकै कारण मन्त्री नबनाएको भन्दै तीव्र आलोचना भएको थियो । 

अहिले डोबाटे मन्त्री नियुक्त भएसँगै गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्