
नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेर ९० हजार ६०० कायम भएको छ ।
छापावाल सुन आइतवार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमवार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार हुनेछ, जुन आइतवार प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमवार चाँदीको मूल्य आइतवारको तुलनामा ५ रुपैयाँले बढेको छ । चाँदी आइतवार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो भने सोमवार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार हुनेछ ।