०१ असार २०८३, सोमबार

घरमा लुट्नका लागि केही नपाएपछि चोरहरूले छोडे रमाइलो सन्देश

असोज २५, २०७८
घरमा लुट्नका लागि केही नपाएपछि चोरहरूले छोडे रमाइलो सन्देश
तस्वीर स्रोत : study.com

भारतको नयाँ दिल्लीमा डेपुटी कलेक्टर त्रिलोचन गौरको घरमा चोरी गर्न आएका चोरहरूले पैसा फेला नपारेपछि रमाइलो सन्देश छोडेर गएका छन् । 

‘घरमा पैसा छैन भने ताल्चा किन लगाएको, ए कलेक्टर ?’ चोरहरूको नोटमा लेखिएको छ । 

उक्त नोट प्रहरीका लागि चुनौतीका रूपमा राखिएको बताइएको छ । कलेक्टरको घर एक सांसद र सब डिभिजनल मजिस्ट्रेटको घरको बीचमा पर्छ । अनि एसपीको घरबाट १०० मिटरको दूरीमा कलेक्टरको घर छ । 

गौर आफ्नो घरमा विगत १५ दिनदेखि नभएको बताइएको छ । उनी मध्य प्रदेशको देवासमा रहेको खातेगाँव तहसीलमा कार्यरत छन् । 

घरबाट केही नगद र चाँदीका गहना हराइरहेको पाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । उनको घरमा सामानहरू छरिएका पनि थिए । 

घरबाट लगभग ३० हजार भारु र केही गहना चोरी भएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्