
मुगु ६ असार – जिल्ला सदरमुकाम देखी ६ घण्टा उत्तर पश्चिममा रहेको सोरु गाउँपालिका वडा नं. ८ गिलाहाँ गाउँमा सोमबार दिउसो करिव २ बजे तिर आगलागी हुदा ७ घर जलेर पूर्णरुपमा जलेर नष्ट भएका छन ।
आगलागीबाट स्थानीय दान बहादुर शाही, जय बहादुर शाही, कालीबहादुर वम, नाना रावल, रंगेश्वर रोकाया, सुकबीर रावल र जनक रावलको घरहरु लगायत सम्पूर्ण चल अचल सम्पती पुरै जलर खरानी भएको छ ।
आगलागीबाट कुनै मानविय क्षती भएको छैन तर एउटा गाइ जलेर मरेको र एकजनाको पसल जलेको छ । अरुक्षतीको एकीन नभएको आगलागी पिडित स्थानीय गणेश शाहीले जानकारी गराए ।
आगलागी नवनिर्वाचित वडा अध्यक्ष जनक रावलको घरबाट सुरु भएको हो । कसरी लाग्यो भनेर थाहा हुन सकेको छैन ।
पीडीतहरु ऐले आफन्त, छिमेकीकहाँ शरण लियर वसिरहेकाछन ।