३१ जेठ २०८३, आइतबार

अनधिकृत न्युजपोर्टललाई दर्ता प्रक्रियामा आउन प्रेस काउन्सिलको ताकेता

अनधिकृत न्युजपोर्टललाई दर्ता प्रक्रियामा आउन प्रेस काउन्सिलको ताकेता

प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरूलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । 

सोमवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले दर्ता विना सञ्चालित न्युजपोर्टल र युट्युब च्यानलहरूलाई कानूनी दायरामा ल्याउन सञ्चालकहरूलाई आग्रह गरेको हो । 

प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको जनाएको छ । 

अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानूनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । तीमध्ये ९ वटा न्युजपोर्टलले कानूनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृतसमेत भएको काउन्सिलले जनाएको छ । 

काउन्सिलका प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०७८/०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन र भदौ महिनामा २९/२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ । 

प्रदेशगतरुपमा अध्ययन गर्दा यस्तो उजुरी बागमती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट ४, लुम्बिनी र प्रदेश १ बाट ३/३, प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट २/२ तथा कर्णालीप्रदेशबाट एउटा परेको छ । 

यस्ता उजुरीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यमविरुद्ध ८, टीभीविरुद्ध ३, अनलाइन टीभीविरुद्ध १, युट्युब मिडियाविरुद्ध ३ र अन्य एक रहेका छन् । विगत ३ महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिँदैन । यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको छ भने कारवाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेको काउन्सिलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्