२२ असार २०८३, सोमबार

मोतिपुर घटनामा मृत्यु हुनेका परिवारलाई जनही एक लाख दिइने

मोतिपुर घटनामा मृत्यु हुनेका परिवारलाई जनही एक लाख दिइने

रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएकाका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक–एक लाख रूपैयाँ दिने भएको छ । 

बुटवल उपमहानगरपालिका–१७, मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको हो । 

प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णयअनुसार मृतकको परिवारलाई १–१ लाख रूपैयाँ दिने निर्णय भएको लोकान्तरलाई जानकारी दिए । ‘घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि निर्णय भएको छ,’ उनले भने, ‘घाइतेहरू धेरै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत छन् । दुई जना प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।’ 

घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । घटनाको आधिकारिक जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्