२३ असार २०८३, मंगलबार

शोएब अख्तरले गरे महिलाको जस्तो मेकअप, भिडियो भयो भाइरल

कात्तिक २०, २०७४
शोएब अख्तरले गरे महिलाको जस्तो मेकअप, भिडियो भयो भाइरल

काठमाडौं, ६ असार — च्याम्पियन्स ट्रफीको फाइनल म्याचपछि पाकिस्तान क्रिकेट टीमका पूर्व फास्ट बलर शोएब अख्तरको एक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा शोएबले असाध्यै धेरै मेकअप गरेको देखिन्छ ।


यही कारणले उनलाई सामाजिक सञ्जालमा खुबै उडाइएको छ र भिडियो पनि भाइरल भएको छ ।

जियो टीभीको एक कार्यक्रममा शोएबले आफ्नो बाल्यकालका बारेमा बताएका थिए । उनले फ्यानबाट प्रेम पाएजत्ति नै माया फ्यानलाई पनि गर्ने बताए ।

उनको कुरा त खासै कसैले सुनेन तर उनले गरेको अस्वाभाविक मेकअपलाई चाहिँ सबैले नोटिस गरे र मजाक उडाए ।

नाज फातिमाले लेखिन्, ‘हैन, तपाईं त पुरुष नै हुनुहुन्थ्यो । कसरी महिला हुनुभयो ?’

मुहम्मद अलीले लेखे, ‘कुनै समयमा ऊ ब्याट्स्म्यानका लागि आतंक थियो अहिले चाहिँ बिजुलीबाई जस्ती देखिन्छ ।’

हेरौं भिडियो :


एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्