२५ जेठ २०८३, सोमबार

चेन्नाइले जित्यो आईपीएलको उपाधि

चेन्नाइले जित्यो आईपीएलको उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाइले समग्रमा चौथो उपाधि उचालेको हो ।

चेन्नाइले पेश गरेको १९३ विजयी लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा १६५ रन मात्र बनाउन सक्यो ।

चेन्नाइको जीतमा ८६ रनको योगदान गरेका फाफ डु प्लेसी म्यान अफ दी म्याच घोषित भए ।

salt training

कमेन्ट गर्नुहोस्