
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आज फाइनल खेल हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरू हुनेछ ।
फाइनलमा नेपालले भारतको सामना गर्नेछ । आजको खेल नेपालका लागि इतिहास रच्ने अवसर हो । त्यसैले पनि नेपाललाई जित्नैपर्ने दबाब छ ।
यसअघि नेपालले भारतसँग १–० को हार व्यहोरेको थियो । त्यसको बदला लिने अवसर पनि हो नेपालका लागि ।
नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलको यात्रा तय गरेको हो । भारत भने ७ पटकको विजेता हो ।