
पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार २१ जनामा संक्रमण देखिएको थियो ।
प्रदेशमा शनिवारै ५९ महिलासहित १३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित २ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।
सोही अवधिमा २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।