०६ असार २०८३, शनिबार

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

कात्तिक २०, २०७४
एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं, असार ६ –एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत युवा प्रतिभालाई प्रोत्साहन गर्दै दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यस्तो छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ ।

एनसेलले प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढी अंक ल्याई ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायमा स्नातक उतीर्ण हुने विद्यार्थीहरुलाई उत्कृष्टता पुरस्कार प्रदान गर्दै आएको छ ।

सोमबार एक समारोहका बीच १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेको हो ।

साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायमा स्नातक उतीर्ण हुने चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका डिन प्रा.डा. त्रिरत्न बज्राचार्य, क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, एनसेलका प्रमुख कानुन अधिकृत तथा कम्पनी सचिव अम्बर थापा र कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले संयुक्त रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेका थिए ।

‘एनसेलले आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षामा योगदान गर्दै प्रतिभा प्रोत्साहनका लागि विभिन्न पहल गर्दै आईरहेको छ,’ कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्षका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो ।

एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्घतीय र तृतीयको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घतीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घतीय र तृतीय वर्षमा गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा १/१ जना गरी ९ जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको हो । त्यसै गरी यी तीनै संकाय अन्र्तगत प्रथम, द्घितीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याउने ३ छात्राले यो छात्रवृत्ति पाएका छन् ।

प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । उत्कृष्टता पुरस्कार अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो पुरस्कार पाएका छन् ।

कमेन्ट गर्नुहोस्