नयाँ अवतारमा नेक्सन डिजेल बीएस ६, कति पर्छ मूल्य ?

नयाँ अवतारमा नेक्सन डिजेल बीएस ६, कति पर्छ मूल्य ?

टाटा नेक्सन बीएस ६ नयाँ अवतारमा आएको छ । गाडी पारखीहरूका लागि यो खुशीको खबर भएको कम्पनीको भनाइ छ । 


Advertisement

‘नयाँ–नयाँ भर्जन हेर्दा ढुक्कले भन्न सकिन्छ कि नेक्सनले ग्राहकहरूको आधुनिक चाहना र रोजाइलाई निकै नजिकबाट बुझेको छ र त्यसैको प्रतिफल हो– नेक्सन डिजेल–बीएस ६,’ कम्पनीले भनेको छ । 


Advertisement

टाटा नेक्सनको बीएस ६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लीम बनाइएको छ । टाटाको २.० ईम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयूभी हेर्दै गज्जबको देखिने कम्पनीको भनाइ छ । 

‘कतिपयलाई यसका पुराना संस्करणहरू भीमकाय लाग्थे । उनीहरूका लागि नयाँ लुक्स मनमोहक लाग्छ । फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, ह्वील र एलएडी जडानले कारलाई डाइनामिक बनाइदिएको छ,’ कम्पनीको दाबी छ, ‘कारको बीचमा नेक्सन ब्याचको डिजाइनले दर्शकको आँखा तानिरहन्छ । कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङलाई सजाएको छ, जुन हेरिरहुँ लाग्ने खालको छ । फ्ल्याट बटम स्टेरिड आकर्षक छ । अनि सनरुफले मनै तानिरहनेछ । कारभित्र केही परिवर्तन मात्रै गरे पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र साह्रै आकर्षक बनाइएको छ ।’


Advertisement

चालक र कारभित्र बस्नेलाई कम्फर्ट दिने क्याबिन, इलेक्ट्रोनिक सनप्रुफ, चालकलाई कम्फर्ट दिने नयाँ क्रुज कन्ट्रोल फिचर र एक्सप्रेस कुल फिचर कारका केही नयाँ थपिएका कम्फर्ट हुन् । 

कार उत्पादनको इतिहास हेर्दा प्रायजसो कार परिवर्तन गर्दा सामान्य मात्र परिमार्जन हुने गर्थ्यो । तर, टाटाले पेट्रोल इञ्जिनलाई रिभ्याम्प (सुधार) गरेको छ । 

कारमा १.२ लिटर रिभोटोन टर्बो पेट्रोल युनिट र १.५ लिटरको रिभोटोर्क डिजेल युनिट छ, जसले १२० पीएसको गति दिन्छ । दुवै इञ्जिनलाई ६ स्पीड एमटी र ६ स्पीड एएमटीसँग जोडिएको छ । यसमा इञ्जिनको राम्रो विशेषता भनेको इको, सिटी र स्पोर्ट्स तीनै क्षेत्रमा चाहेअनुरुप गुड्ने कम्पनीले दाबी गरेको छ । 

कम्पनीका अनुसार ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन सुरक्षाका कोणबाट निकै भरपर्दो मानिन्छ । 

यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजारमा पर्छ । टेस्ट ड्राइभ गर्न मन लागे नजिकैको टाटा मोटर्सको शोरूम गएर वा घर बसेर टेस्ट ड्राइभ वा अनलाइन बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्