
सुदूरपश्चिम प्रदेशमा आइतवार कोरोना संक्रमण शून्य देखिएको छ ।
गत २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएन ।
गत २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण १ जनाको पनि मृत्यु भएको छैन ।
सुदूरपश्चिममा हालसम्म ३ लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।