
वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–५, बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए ।
जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ ।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । रासस