०९ असार २०८३, मंगलबार

नवलपुरमा यात्रुवाहक बस पल्टियो, ४२ जना घाइते

कात्तिक १, २०७८
नवलपुरमा यात्रुवाहक बस पल्टियो, ४२ जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान साढे १० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा परेको पूर्वी नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जंगलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र  घाइते सबै खतरामुक्त रहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्