×

Nic Asia
Marvel

आयल निगमको घाटा बढ्यो, पेट्रोल भारतभन्दा नेपालमा सस्तो

काठमाडाैं | कात्तिक १, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।
 
सोमवार मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । 


Advertisment
NMB BANK
Saurya island

गत असोज ३० गते आईओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
 
आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान ७ रुपैयाँ ९ पैसा वृद्धि भएको छ । १६ अक्टोबरमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ ७ पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डिर १ हजार ३७५ रुपैयाँ २ पैसा कायम छ । आईओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।
 
पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन ४ रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।
 
पेट्रोलमा निगमको सम्पूर्ण खर्च १ रुपैयाँ ९६ पैसा, डिजेलमा १ रुपैयाँ ५६ पैसा, मट्टितेलमा १ रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।
 
ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ १ पैसा, डिजेलको प्रतिलिटर १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिन्डर १ हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।
 
काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४५० तोकिएको छ ।
 
पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ १ पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिन्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ । 

Vianet communication
Maruti inside

निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ ।  १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट १ अर्ब ९ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख गरी २ अर्ब २२ करोड ६ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।

१५ दिनमा मट्टितेल बिक्रीबाट २ करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । ६/७ वर्ष अघिको ३७ अर्ब ऋण तिर्दै निगम बिस्तारै नाफामा गएको थियो ।

गत आवमा निगम फेरि करीब ३ अर्ब घाटामा गएको छ । पछिल्लो ३ महिनामा निगम ६ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशंका गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।
 
भारतभन्दा नेपालमा सस्तो
 
भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिन्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।
 
भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४३० छ ।
 
नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरूपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ । – अशोक घिमिरे/रासस

TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ ...

जेठ ७, २०७९

 आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...

जेठ ८, २०७९

नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।  एशोसिएशनले शुक्रवार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको बिकट जिल्ल...

जेठ ६, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...

जेठ ९, २०७९

कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ । विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको छ ।  यसअघि ब...

जेठ ८, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा खाद्य संकट आउन सक्ने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताएका छन् ।  महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासंघको पहल...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x