११ असार २०८३, बिहीबार

दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए

कात्तिक १, २०७८
दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो ।

 ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार गम्भीर अवस्थाका थप नौजनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएको छ। घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।रासस

salt training

कमेन्ट गर्नुहोस्