वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाण थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । 


Advertisement

दमको समस्या बढेर आइतवारदेखि अस्पताल भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे ८ बजे अस्पताल पुगेका थिए । उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 


Advertisement

नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए । 

सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । उनी नर्भिक अस्पतालमा करीब १० मिनेट बसेका थिए । 


Advertisement

उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री खाण नेता वैद्यलाई भेट्न अस्पताल पुगेका थिए ।  सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसमेत वैद्यलाई सुनाए । 

आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरेका थिए । 

आइतबार बिहान अस्पताल भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्