
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना सञ्चालनमा ल्याएको छ ।
सोमवारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एउटा आइफोन जित्न सकिनेछ ।
यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोन पेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाइ छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेन्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् ।
एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।