१७ असार २०८३, बुधबार

निर्वाचनका लागि सशस्त्रका एआईजीहरु देश दौडाहामा, को को खटिए ?

कात्तिक २०, २०७४
निर्वाचनका लागि सशस्त्रका एआईजीहरु देश दौडाहामा, को को खटिए ?
काठमाडौं, ७ असार - स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि २० हजार ६ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।यसैगरी निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यकासाथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र रामशरण पौडेल विभिन्न प्रदेशहरुमा खटिएको खबर राजधानी दैनिकमा छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले ती ठाँउहरुमा स्थलगत अनुगमन गर्नुकासाथै कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमै निर्देशन समेत  दिनेछन्  ।

निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् भने ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा एपीएफ टोली खटिइसकेको छ भने फिल्डमा खटिने एपीएफ टोलीको अतिरिक्त मोवाइल, स्ट्राइकिङ्ग र रजिर्भ टोलीमा विभाजन गरी सशस्त्र प्रहरी कर्मचारीहरु सम्बन्धित ठाँउमा खटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्