काठमाडौँ, ७ असार- गृहमन्त्री जनार्दन शर्मा सोमबार राति खजुरा गाउँपालिका रनियापुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भए । राति १० बजेसम्म चलेको सभालाई सम्बोधन गर्दै उनले पार्टीका उम्मेदवाहरूलाई जिताउन आग्रह गरे ।

निर्वाचन आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी राति ८ बजेपछि चुनावी सभा गर्न रोक लगाएको छ । तर, गृहमन्त्री शर्माले भने राति १० बजेसम्म सभालाई सम्बोधन गरेको माआवादी केन्द्रका नेताहरूले नै स्वीकारे ।
प्रदेश नम्बर ५ का ५ जिल्लाको सुरक्षा अधिकारीहरूको समीक्षा बैठकमा सहभागी हुन आएका उनी साँझ करिब साढे ७ वजेसम्म नेपालगन्जमै व्यस्त थिए । समीक्षा बैठकपछि उनले पत्रकार भेटघाट कार्यक्रममा सहभागी भए । राति करिब ८ वजे रनियापुरमा आयोजित कार्यक्रमका लागि हिँडेको स्रोतले जनायो । कान्तिपुरले खबर छापेको छ |