०१ असार २०८३, सोमबार

बाढीपहिराेले हुम्लामा एकै परिवारका ६ सहित देशभर ३६ जनाको मृत्यु

कात्तिक ३, २०७८
बाढीपहिराेले हुम्लामा एकै परिवारका ६ सहित देशभर ३६ जनाको मृत्यु
तस्वीरः रासस

लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान परेको छ । बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । 

हुम्लामा एकैपरिवारका ६, इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसरीमा २, कालीकोटमा १, डडेलधुरामा १ जनाको मृत्यु भएको छ । 

त्यस्तै बझाङमा २३, कैलालीमा ४ सहित करीब ३७ जना बेपत्ता छन् । 

अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ । 

विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए । 

सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

बाढी पहिरो र डुबानबाट देशका १९ जिल्ला प्रभावित भएका छन् । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । 

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ । 

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा  हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्