२५ जेठ २०८३, सोमबार

पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

कात्तिक ३, २०७८
पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरिन्।

भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए।

त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि रु तीन लाख रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्