२४ जेठ २०८३, आइतबार

२०२२ सम्म महामारी जारी रहनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

कात्तिक ४, २०७८
२०२२ सम्म महामारी जारी रहनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना महामारी सन् २०२२ सम्म जारी रहनसक्ने चेतावनी दिएको छ ।  मध्यम र उच्च आय भएका देशका नागरिकले मात्र सहज रूपमा खोप लगाउन पाएको तथा कतिपय गरिब मुलुकका जनता खोपको पहुँच बाहिर भएको सन्दर्भमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डब्ल्युएचओका डाक्टर ब्रुस एल्वार्डले खोपको असमान वितरणका कारण यस्तो अवस्था निम्तनसक्ने चेतावनी दिएका हुन् । अन्य मुलुकले  ४० प्रतिशतको हाराहारीमा खोप लगाइसक्दा अफ्रिकामा ५ प्रतिशतभन्दा कमले मात्रै खोप लगाएका छन् । उनले गरिब देशहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्