२४ जेठ २०८३, आइतबार

एमाले स्थायी कमिटी बैठक बस्दै

कात्तिक ४, २०७८
एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । दिउँसो ३ बजेपछि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा हुनुका साथै कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका एजेण्डाका रुपमा तय गरिएका छन् ।

यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए ।  यस्तै संसदमा जारी अवरोधको विषयमा पनि बैठकमा छलफल हुनेछ । यस्तै पार्टीको बुटवलमा हुने भनिएको १० औं महाधिवेशनको स्थान सार्नेबारे समेत छलफल हुने बुझिएको छ । एमालेमा मंसिर १२ देखि हुने महाधिवेशनस्थल बुटवलबाट चितवन सार्नेबारे आन्तरिक छलफल भइरहेको छ।  

salt training

कमेन्ट गर्नुहोस्