×

NMB BANK
NIC ASIA

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

कात्तिक ४, २०७८

NTC
Premier Steels

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । 

Muktinath Bank

केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन भनेका थिए । चीनले अरुणाचललाई दक्षिण तिब्बत भन्दै आफ्नो भूभाग बताउने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सेनाका पूर्वी सेक्टर कमान्डर लेफ्टिनेन्ट जनरल मनोज पाण्डेले अरुणाचल प्रदेश नजिक चीनले आफ्नो भूभागमा सैन्य अभ्यास बढाएको बताए । 


Advertisment
Nabil box
Kumari

चीनको सैन्य गतिविधि बढेपछि भारतले बुधवार अरुणाचल सीमामा बोफोर्स तोपहरू तैनाथ गरेको छ । बोफोर्स तोप पहाडका विकट इलाकामा पनि तैनाथ गर्न सकिन्छ । 

Vianet communication

यसमा अक्जिलरी पावर युनिट हुन्छ जसको सहायताले यो एक पोइन्टबाट अर्को पोइन्टसम्म आफ्नै इन्जिनको सहायताले जान्छ । यसले भिन्न भिन्न किसिमका इम्युनिसन फायर गर्न सक्छ । 

अरुणाचल प्रदेशको तवाङमा सेप्टेम्बर महिनामा चिनियाँ र भारतीय सेनाका जवानबीच झडप भएको थियो । अरुणाचल प्रदेशमा वास्तविक नियन्त्रण रेखा पार गरेर २०० जना चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेको र भारतीयहरूले उनीहरूलाई धपाएको खबर आएको थियो । 

गत जनवरी महिनामा केही मिडिया रिपोर्टमा चीनले अरुणाचल सीमा नजिक साढे चार किलोमिटर क्षेत्रमा एउटा गाउँ बनाएको उल्लेख थियो । त्यहाँ १०० भन्दा बढी घर छन् । यो गाउँ सुबनसिरी जिल्लाको सारी चु नदीको किनारमा छ । यो वास्तविक नियन्त्रण रेखासँग जोडिएको क्षेत्र हो ।

वायुसेनाको क्षेत्रमा आधुनिक जोखिमबाट बच्नका लागि भारतले वास्तविक नियन्त्रण रेखामा एयर डिफेन्स गन पनि तैनाथ गरेको छ । यसले ड्रोनदेखि अट्याक हेलिकप्टरसम्म कुनै पनि किसिमको खतरालाई रोक्न सक्छ । 

त्यसबाहेक एम–७७७ गन पनि तैनाथ गरिएको छ । यसले ३० किलोमिटरसम्मको तारोलाई ध्वस्त पार्न सक्छ । यो हलुका हुनाले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x