१० असार २०८३, बुधबार

भारतीय वायुसेवाको विमान दुर्घनाग्रस्त, चालक सुरक्षित

कात्तिक ४, २०७८
भारतीय वायुसेवाको विमान दुर्घनाग्रस्त, चालक सुरक्षित

भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ । 

विमानचालक सुरक्षित त्यहाँबाट निस्केको समाचार छ । 

‘विमान रुटिन मिसनमा उडिरहेको थियो र ग्वालियर एयरफोर्स स्टेसनबाट उडेको थियो,’ एक अधिकारीले बताए । बाबेदी गाउँ नजिकको एक खेतमा विमान खसेको थियो । 

दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी राखिएको छ । 

सन् २०१६ देखि अहिलेसम्म भारतीय वायुसेनाका २७ वटा विमानहरू दुर्घटनामा परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्