१० असार २०८३, बुधबार

नेपाललाई ‘खूबसूरत’ देश बताउँदै भारतीय मिडियाद्वारा यी ठाउँ घुम्न सुझाव

कात्तिक ४, २०७८
नेपाललाई ‘खूबसूरत’ देश बताउँदै भारतीय मिडियाद्वारा यी ठाउँ घुम्न सुझाव

नेपालको पर्यटन व्यवसायमा भारतीय पर्यटकको पनि योगदान छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकहरूले निर्धक्क आवतजावत गर्न नपाउँदा पर्यटन क्षेत्र धरासायी भएको बेला भारतीय मिडिया आजतकले नेपाललाई ‘खूबसूरत’ (सुन्दर) देश बताउँदै घुम्न जान सुझाव दिएको छ ।

विना भिसा नेपाल भ्रमण गर्न सकिने जनाउँदै आजतकले नेपालका प्रमुख पर्यटकीय क्षेत्रको नाम समेत सिफारिस गरेको छ ।

नेपाल छिमेकी देश भएकाले अधिकांश भारतीयहरू घुम्न रुचाउने आजतकले लेखेको छ । नेपाल घुम्दा परिचय खुल्ने प्रमाणपत्र साथमा भए पुग्नेछ ।

आजतकले नेपालका काठमाडौं, पोखरा, स्वयम्भुनाथ मन्दिर, भक्तपुर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्जमा अवश्य घुम्न सुझाव दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्