०१ असार २०८३, सोमबार

एमालेको स्थायी कमिटी बैठक शुरू, पाँच एजेण्डामा छलफल

कात्तिक ४, २०७८
एमालेको स्थायी कमिटी बैठक शुरू, पाँच एजेण्डामा छलफल
फाइल फोटो

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकका पाँचवटा प्रस्ताव छन । 

असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका एजेण्डा छन् ।

यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायत समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

त्यसैगरी, संसदमा जारी अवरोधको विषयमा पनि बैठकमा छलफल हुनेछ । 

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख अग्नि सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद्मा अवरोध गर्दै आएको छ ।

एमाले स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा पनि असन्तुष्ट नेताहरूले कुरा उठाउने बताएका छन् । 

एमाले अध्यक्ष ओलीले बागमती प्रदेश कमिटी बैठकमा दश बुँदे सहमतिको औचित्य सकिएको टिप्पणी गरेका थिए ।

त्यसबाट दश बुँदे सहमति तयार गर्न खटिएका नेताहरू ओलीको टिप्पणीप्रति आक्रामक देखिएका छन् । त्यसमध्येका नेताहरू भीम रावल र घनश्याम भुसालले सार्वजनिक रूपमा नै ओलीको टिप्पणीको विरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्