
शनिवारबाट आयोजना हुने मेयर कप भेट्रान्स फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
फूटबलर्स मिसन टुगेदरले बिहीवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
कात्तिक ६–१६ गतेसम्म हुने प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गर्दैछन् । लिगकम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा सहभागी भएका २१ टीमलाई ७ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टीमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताका लागि १ टोलीमा २० खेलाडी राख्न पाइने छ । जसमा ३५–४० वर्ष उमेरसम्मका ३ खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ ।
खेलको समय अवधि ६० मिनेट (१ हाफ ३० मिनेट) को हुने आयोजकले पत्रकार सम्मेलेनमा जानकारी दियो । खेलमा ७ खेलाडी परिवर्तन गर्न पाइने छ ।
अखिल नेपाल फूटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।