०१ असार २०८३, सोमबार

प्रहरीले गर्‍यो ६ करोडको अवैध सामान बरामद

कात्तिक ४, २०७८
प्रहरीले गर्‍यो ६ करोडको अवैध सामान बरामद

रुपन्देहीमा करीब ६ महिना ६ करोड बराबरको अवैध सामान बरामद भएको छ ।

आर्थिक वर्ष २०७८/०८९ सालको वैशाखदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४३७ रुपैयाँ बराबरको चोरी, तस्करीको सामान बरामद गरेको छ ।

भन्सार छली ल्याइएको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । 

२०७८ वैशाख महिनामा १ करोडको ४ लाख ३ हजार ४१२, जेठ महिनामा १२ लाख ७३ हजार ८८०, असार महिनामा १ करोड ५ लाख २९ हजार ६९६, साउन महिनामा १ करोड २४ लाख ९६ हजार ८९०, भदौ महिनामा ८५ लाख ४ हजार २८९, असोज महिनामा १ करोड ४४ लाख २ हजार ११० र कात्तिक महिनाको ४ गतेसम्म १९ लाख ९८ हजार १६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको चन्दले बताए । 

salt training

कमेन्ट गर्नुहोस्