१० असार २०८३, बुधबार

एमालेकाे दशाैँ महाधिवेशन चितवनमा, बादलकाे संयाेजकत्वमा मूल आयाेजक कमिटी

कात्तिक ४, २०७८
एमालेकाे दशाैँ महाधिवेशन चितवनमा, बादलकाे संयाेजकत्वमा मूल आयाेजक कमिटी
फाइल फोटो

नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन स्थल चितवन सार्ने निर्णय गरेको सचिव गोकर्ण विष्ट जानकारी दिए । यसअघि विधान महाधिवेशनले बुटवलमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मंसिर १०–१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । 

बादलको संयोजकत्वमा मूल व्यवस्थापन कमिटी
बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरू र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने बताए ।

बैठकले पार्टीको हालै सम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताए ।

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी प्राकृतिक विपत्तिपरी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्