१६ असार २०८३, मंगलबार

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

कात्तिक ४, २०७८
भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपल्ब्धी भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिए ।

मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई  लगाउँनमा  निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिए। मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धी प्राप्त गरेको विचार व्यक्त गरे ।  
यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्