०३ साउन २०८३, आइतबार

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

कात्तिक ५, २०७८
सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

सानिमा बैंक लिमिटेडले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

बिहीवार चपली कार्यालयको उद्घाटन  बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे।

यसैगरी बालकोट कार्यालयको उद्घाटन  सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन  समारोहमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्