२५ जेठ २०८३, सोमबार

जेलमा रामायण पढ्दैछन् आर्यन खान

कात्तिक ७, २०७८
जेलमा रामायण पढ्दैछन् आर्यन खान

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूपदार्थ मुद्दामा मुम्बईस्थित आर्थर रोड जेलमा परेका छन् र त्यहाँ उनी रामायण पढिरहेका छन् । 

जेल प्रशासनका अनुसार, खानलाई कारागार पुस्तकालयबाट पुस्तकहरू उपलब्ध गराइएको छ । उनले भगवान् राम र माता सीताको जीवनचरित्र अध्ययन गरिरहेका छन् । यसअघि खानले द लायन्स गेट नामक पुस्तक पढेका थिए । 

कैदीले चाहेको पुस्तक नातेदारहरूसँगबाट मगाउन पाउँछन् तर धार्मिक पुस्तक मात्र ल्याउन पाइन्छ । कैदीले जेलबाट रिहा हुने बेलामा पुस्तक छोड्न खोजेमा त्यसलाई पुस्तकालयमा राखिनेछ । 

मुम्बईको स्पेसल नार्कोटिक ड्रग्स यान्ड साइकोट्रोपिक सब्सटान्सेस अदालतले बिहीवार आर्यन खान तथा अन्यको न्यायिक हिरासत आगामी शनिवारसम्मका लागि बढाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्