
सामलिङ पावर कम्पनीको आइपीओमा १२अर्ब ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३१.१२ गुणा बढी आवेदन हो ।
सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको हो । लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।