×

NMB BANK
NIC ASIA

दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

कात्तिक ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ  अघि बढाउने भएको छ ।फिल्म सिटीको पछिल्लो अवस्था बुझ्ना सञ्चार मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले  दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ ।

Muktinath Bank

शनिवार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपर्युक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए ।
मन्त्रिपरिषद्ले ५ वर्ष अघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत बनाइसकेको छ ।
सञ्चार सचिव डा.अर्यालले आयोजना स्थल अवलोकनपछि उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सो स्थानबाट देखिने हिमालय श्रृखंला, अनेकथरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।

Vianet communication
Laxmi Bank

बोर्डको संयोजनमा पुगेको अवलोकन टोलीमा मन्त्रालयका सहसचिवद्धय विनोद प्रकास सिंह, अनिल दत्त, चलचित्र नगरी सहयोग समितिका संयोजक बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सदस्य बालकृष्ण बस्नेत र जीतबहादुर श्रेष्ठ, बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र साँखी, बोर्ड सदस्य प्रकास भट्टराईलगायत थिए ।

फिल्म सिटीका अभियन्ता श्रेष्ठले राष्ट्रको गौरवको परियोजना भएकोले यसलाई कुनै हिसाबले रोक्न नहुने बताए । स्थानीयको सहयोगमा जग्गा उपलब्ध गराउनेदेखि अन्य काममा समेत हातेमालो हुँदै आएकाले सरकारले ढिलो नगरी कामलाई तीव्रता दिन उनले माग समेत गरे ।
उक्त परियोजनाको सम्भाव्यता अध्ययनसहितको व्यवस्थापनमा संघीय सरकारले केही रकम उपलब्ध गराएपनि पर्याप्त बजेट नहुँदा चलचित्र क्षेत्रको भविष्य जोडिएको यो काममा ढिलाई भएको उनको भनाई छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भई काम समेत सुरु भइसकेको छ ।


डिपीआरमा केही थपघट गर्नुपर्ने भए त्यसलाई समेत हेरी बाँकी काम बढाउन वर्तमान सरकारले विशेष चासो दिने सचिव अर्यालले बताए ।  
सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत यो परियोजनालाई तीव्र ढंगले अघि बढाउन निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक समन्वय गर्न मन्त्रालय तयार भएको जानकारी आफूले पाएको अभियन्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।

ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।

डाँङ्डुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाइमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको प्राविधिकहरुको मूल्यांकन छ ।
आयोजना निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको बजेटले मात्र नपुग्ने भएकाले विदेशी सहायताका लागि समेत प्रयास भइरहेको जानकारी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले दिए ।

काठमाडौंबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ ।
प्रशासनिक भवन तथा प्रवेशद्वार निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि यो परियोजना छानिएको थियो । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन समेत आवश्यक पर्न सक्ने सचिव अर्यालले बताए ।  
आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले २ अर्ब ७५ करोड लागत अनुमान पर्ने जनाएको छ ।

इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ । फिल्म सिटी आसमा एयरपोर्ट, होटल, रेलसहित बनाउनुपर्ने प्रस्ताव छ । यो आयोजनालाई पूर्वसञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले २०७४ फागुन ३ गते शिलान्यास गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x