११ असार २०८३, बिहीबार

हतकडीसहित भागेका व्यक्ति फेला, प्रहरी सहायक निरीक्षकलाई जिप्रका झिकाइयो

कात्तिक २०, २०७४
हतकडीसहित भागेका व्यक्ति फेला, प्रहरी सहायक निरीक्षकलाई जिप्रका झिकाइयो


सिन्धुली, ७ असार - सिन्धुलीको प्रहरी चौकी चकमकेबाट हतकडीसहित भागेका व्यक्ति आज तीनपाटन गाउँपालिका–६ वालाजोरमा फेला पारेका छन् ।jail

प्रहरीले असार ४ गते तीनपाटन वडा नं. ११ लाम्पान्टारबाट २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेकै दिन राति हतकडीसहित फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष प्रहरी टोली परिचालन गरी खोजी गर्दा आज उनी फेला परेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी श्रीमती परिवारका सदस्य तथा छिमेकीलाई कुटपिट गरेको उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्ति हतकडीसहित फरार भएपछि चौकीमा रहेका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र १५ म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा झिकाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्