०४ असार २०८३, बिहीबार

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको २ विधाबाट सम्मानित

कात्तिक १२, २०७८
एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको २ विधाबाट सम्मानित

एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को २ विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’मा पुरस्कार जित्न सफल भएको छ ।

कात्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रममाझ अवार्डको विजयताको घोषणा भएको थियो । 

सन् १९९९ मा शुरू भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकमबजारमा भएको नवीनविकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्छ । यी २ सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद् प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्प जस्ता विभिन्न विपद् तथा संकटको समयमा गरेका योगदानको सरहना गरेको जनाइएको छ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दीगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो ।

कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जित्न सफल भएको छ । 

‘यस प्रतिष्ठित वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत २ महत्त्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरू हामीले समाजको विकास र दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्त्वपूर्ण कार्यहरू मात्र नभएर हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपद्को समयमा सरकार र नेपाली जनसमुदायहरूलाई पुर्‍याएको सहयोग र योगदानको कदर हो । हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्नालागिबनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु,’ वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरू जित्न सफल भएकोमा खुशी र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने । 

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरी ५ कम्पनीहरू सूचीकृत भएका थिए । एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचीकृत  भएका थिए । 

एनसेलले हालै मात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कंग्रेस र स्टार अफ द ईन्डस्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैंसँग राख्न सफल कम्पनीलाई सम्मान गर्ने गरेको छ । 

एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरूका साथ हालै मात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरूको विकास गर्ने विश्वका अग्रणी कम्पनीलाई सम्मान गर्ने गरेको छ ।

सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको सम्मान त्यस्ता प्रोजेक्टहरूलाई दिइन्छ, जसले दीगो विकास लक्ष्यहरू प्राप्तिका लागि ठूलो सम्भावनाहरू बोकेको हुन्छ । 

गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफदिइयर’ अवार्डबाट सम्मानित भएका थिए ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै अवार्ड दिने गरिन्छ ।

वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ का विजेताबारे जानकारीका लागि यो लिंकमा जानुहोस् –

लिंक

salt training

कमेन्ट गर्नुहोस्