१० असार २०८३, बुधबार

सर्वाेच्च अदालतमा किन आत्मसमर्पण गरे दुई पूर्वआईजीपीले ?

कात्तिक २०, २०७४
सर्वाेच्च अदालतमा किन आत्मसमर्पण गरे दुई पूर्वआईजीपीले ?
काठमाडौं, ८ असार – बहुचर्चित सुडान घोटाला प्रकरणमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सहित चार जनालाई जेल चलान गरिएको छ ।om-bikram-rana-and-Hem-bahadur-Gurung-810

पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङ्देन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई जेल चलान गरिएको हो । सर्वोच्च अदालतमा बुधबार दिउँसो आत्मसमर्पण गर्न गएका उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै ती उच्चपदस्थ पूर्वप्रहरी अधिकृतहरूलाई जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याउँदै उनीहरूलाई जेल सजाय र बिगो असुलको फैसला गरेको थियो ।

सर्वाेच्चले पूर्वआईजीपीत्रय राणा, रमेश चन्द ठकुरी र गुरुङलाई दोषी ठहर गरेको थियो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो । अर्का आईजीपी ठकुरी र गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । ठकुरी भने पक्राउ परेका छैनन् ।

यस्तै पूर्वएआईजीद्वय श्यामसिंह थापा र थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वडीआईजी श्रेष्ठ र पूर्वएसएसपी रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो ।

फैसला आएको ६० दिनभित्र आफैं अदालतमा हाजिर भएर फैसला कार्यान्वयनमा सहयोग गरेको अवस्थामा कैद र जरिवानामा २० प्रतिशत छुट हुने व्यवस्था छ । सोही व्यवस्थाको सदुपयोग गर्दै उनीहरूले बुधबार सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका हुन्, राजधानीले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्