
उपत्यकाका विभिन्न बारका पदाधिकारीहरूको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले विरोधस्वरुप हातमा कालोपट्टी बाँध्ने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूबाहेकको बेन्च राख्न आग्रह गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए ।
‘राजीनाको माग यथावत् नै छ, अब पनि राजीनामा नगर्ने हो भने देशभरका बार इकाइमार्फत् थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्छौं,’ गैरेले भने ।
बैठकमा नेपाल बार, सर्वोच्च बारलगायत उपत्यकाका विभिन्न बारका पदाधिकारीहरूको सहभागिता थियो ।