२८ असार २०८३, आइतबार

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि १९ सय ९९, कात्तिक २७ मा प्रतिनिधि चयन

कात्तिक १२, २०७८
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि १९ सय ९९, कात्तिक २७ मा प्रतिनिधि चयन

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको संख्या बढाएर १९ सय ९९ पु¥याउने निर्णय गरेको छ । बिहिबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि सहभागी गराउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्यहरूले प्रतिनिधिको संख्या बढाउनुपर्ने सुझाव दिएकाले आजको बैठकले प्रतिनिधि बढाउने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेको कात्तिक २७ गते देशभर एकै दिन महाविधेशन प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ । 

दशौं राष्ट्रिय महाधिवशेनमा एमालेले हरेक निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत महिला सहभागी हुने गरी मापदण्ड बनाएको छ । त्यसबाहेक, ४९ प्रतिशत संख्या खुला र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुनेगरी महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नुपर्ने एमालेले मापदण्ड बनाएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले मूल व्यवस्थापन समितिको संख्या पनि बढाएर २३ सदस्यीय हुने निर्णय गरेको छ । 

त्यसैगरी, दशौं राष्ट्रिय महाधिवेशनमा एमालेले विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ । आज बैठक सुरू हुनुअघि तुलसीलाल स्मृति प्रतिष्ठानमा विद्युतीय भोटिङ मेसिनको डेमो गरेर केन्द्रीय सदस्यहरुलाई प्रयोग गर्ने तरिका पनि सिकाएको थियो । 

अब एमालेको केन्द्रीय समिति बैठक मंसिर ९ गते चितवनको सौराहमा बस्ने भएको छ । 

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो विधान महाधिवशेनले एमाले एकढिक्का र मतक्यै रहेको सन्देश दिएको र आगामी दिनमा पनि पार्टी एकता कायम गर्न ध्यान दिन बैठकमा केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए ।

वडा र पालिका तहकाेअधिवशेनले पनि पार्टी एकता कामय गर्न सहयोग मिलेकाले अब पार्टी लयमा अघि बढेको ओलीले बैठकमा बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्