२३ जेठ २०८३, शनिबार

परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा

कात्तिक १२, २०७८
परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा

राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकले कक्षा ४ र ५ तथा कक्षा ९ र १० का लागि परीक्षण गरिएका नेपाली अंग्रेजी, गणित, विज्ञान तथा वन वातावरण, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक र सिर्जनात्मक कलाजस्ता अनिवार्य र केही ऐच्छिक विषयका पाठ्यक्रमलाई ‘मास’ स्तरमा लाने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

कक्षा ९ र १० मा भने सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको साटो सामाजिक अध्ययन विषय हुनेछ भने स्वास्थ्य शारीरिक विषय हुनेछैन ।

salt training

कमेन्ट गर्नुहोस्