२५ जेठ २०८३, सोमबार

बूढानीलकण्ठमा ब्याडमिन्टन शुरू

कात्तिक १३, २०७८
बूढानीलकण्ठमा ब्याडमिन्टन शुरू

नागेश्वरी युवा क्लबको आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिवारदेखि शुरू भएको छ ।

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भइरहेको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् । 

सिंगल्समा १० र डबल्समा १७ जोडी सहभागी छन् । 

बूढानीलकण्ठ नगरपालिका वडा १२ कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा सिंगल्सतर्फ पहिलो हुनेले ८ हजार र दोस्रोले ४ हजार नगद पुरस्कार पाउने छन् । 

डबल्सका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले उद्घाटन गरे । प्रतियोगिता सोमवारसम्म चल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्