०६ असार २०८३, शनिबार

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता

कात्तिक १३, २०७८
श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता

छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन् ।

 कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कार्तिक ७ गते दुबई प्रस्थान गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए ।

कमेन्ट गर्नुहोस्