२३ जेठ २०८३, शनिबार

स्थानीय तहमा भ्रष्टाचार हुन दिइँदैनः गृहमन्त्री

कात्तिक २०, २०७४
स्थानीय तहमा भ्रष्टाचार हुन दिइँदैनः गृहमन्त्री
बिराटनगर, ८ असार – गृहमन्त्री जनार्दन शर्माले देशलाई समृद्ध बनाउनका लागि भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले अबका आन्दोलन भ्रष्टाचार विरुद्धको हुने बताए ।

बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको दावी गर्दै भ्रष्टाचार निर्मुल पार्नुपर्ने बताए ।

मन्त्री शर्माले स्थानीय तहमा भ्रष्टाचार हुन नदिने बताउँदै १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने दाबी गरे ।
उनले स्थानीय तहको निर्वाचन सकिएसँगै देशले आर्थिक विकासमा फड्को मार्ने बताए । स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रको विकासमा विशेष ध्यान दिने भएका कारण समग्र राष्ट्रको विकासमा समय नलाग्ने उनको विश्वास थियो ।
जनातको पक्षामा स्थानीय नेताले काम गर्दा जनस्तरमा राज्य भएको महशुस हुने उनको तर्क थियो ।

salt training

कमेन्ट गर्नुहोस्