१६ असार २०८३, मंगलबार

अमेरिकी वायुसेनाका १२ हजारजनाले लगाउन मानेनन् कोरोना खोप, कारवाही गर्ने तयारी

कात्तिक १४, २०७८
अमेरिकी वायुसेनाका १२ हजारजनाले लगाउन मानेनन् कोरोना खोप, कारवाही गर्ने तयारी

अमेरिकी वायुसेनाका १२ हजार कर्मचारी तथा अधिकारीले कोभिडविरुद्धको खोप लगाउन नमानेपछि कारवाही गर्ने तयारी चलिरहेको छ । 

गत अगस्ट महिनामा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सक्रिय रहेका १३ लाख सैनिकहरूलाई कोभिड खोप अनिवार्य रहेको बताएको थियो । खोप नलगाउने कर्मचारीमाथि कारवाही हुने पनि उसले बताएको थियो । 

वाशिङटन पोस्टको रिपोर्टअनुसार, वायुसेनाका १२ हजारभन्दा बढी कर्मचारीले कोरोना खोप लगाउन मानेनन् । 

सेप्टेम्बर महिनासम्म वायुसेनाका ९४ प्रतिशत मानिसले खोप लगाएका थिए तर हालैका सातामा खोप कार्यक्रम सुस्त बनेको थियो । पेन्टागनका प्रवक्ता जोन कर्बीका अनुसार, धार्मिक आधारमा खोप नलगाउने कर्मचारीको संख्या कम छ । उनीहरूलाई खोपको डोज लिनका लागि प्रोत्साहित गरिँदैछ । 

निर्धारित समयभित्र खोप नलगाउने मानिसलाई सैन्य न्याय प्रणालीअनुसार जागिरबाट बर्खास्त गरिने समेत प्रावधान छ । तर ठ्याक्कै कस्तो कारवाही गर्ने भन्ने विषयमा स्पष्ट पारिएको छैन । 

अगस्ट २५ मा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले नोभेम्बर २ अघि सबै सैनिकहरूलाई कोरोनाको कम्तीमा एक डोज लगाउन सेनाप्रमुखहरूलाई आदेश दिएका थिए । सेवानिवृत्त हुन लागेका वा छुट्टीमा गएकाहरूलाई मात्र यसमा छुट दिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्